रितिरिवाज / परम्परा समाचार

आज शहिद दिवस मनाइयो

काठमाडौँ। आज शहिद दिवस नेपाल आमाको शिर उच्च राख्दै देशको लागि बलिदान दिएर सहादत प्राप्त गर्ने बीर सपूतको सम्झनामा आज शहिद दिवस मनाइयो ।


शहिद धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ दशरथ चन्द तथा शुक्रराज शास्त्री आज उहाहरुको सम्झनामा उहाहरुको सालिक भएको स्थानमा सहिदहरुको प्रतिमामा माल्यार्पनाका साथै विभिन्न कार्यक्रम गरि उहाहरुलाई श्रदान्जली अर्पण गरिएको हो।


श्रदान्जलिकै क्रममा काठमाडौँ १९ वडास्थित प्याफ़ल टोलमा शहिद गंगालालको प्रतिमा अनावरण गरिएको छ , त्यस्तैगरी १९ वडा यतखा टोलमा शहिद निर्गुण स्थापितको सम्झनामा श्रदान्जली सभाको आयोजना गरिएको छ ।


नेपाली कांग्रेसका नेता नविन्द्र राज जोशीको प्रमुख आतिथ्यत्वमा भएको उक्त कार्यक्रममा मुख्य अतिथि नविन्द्र राज जोशी , अतिथि राजु राज जोशी , २० वडा अध्यक्ष राजेन्द्र मानन्धर , राजेश श्रेष्ठ ,राज्यलक्ष्मी श्रेष्ठ , १९ वडाका सदस्यहरु चन्द्र मान डंगोल , रेणु कमल शाही , मधुसुदन प्रधान तथा रन्जिता परियार तथा शहिद निर्गुण स्थापितका दाजुले उहाको प्रतिमामा माल्यार्पण तथा पुष्प गुच्छा चढाई गरि श्रदान्जली अर्पण गरेको हो।

कार्यक्रममा प्रमुख अतिथिबाट शहिद निर्गुण स्थापितको त्याग र बलिदानको स्मरण गरि उहाको देनको चर्चा गर्नु भएको छ ।
कार्यक्रमा सभाध्यक्ष १९ वडाका अध्यक्ष शशिलाल श्रेष्ठबाट धन्यबाद मन्तब्य राख्नु भएको हो।

रितिरिवाज / परम्परा समाचार

राष्ट्रिय विभूति शंखधर साख्वा दिवस आज

काठमाडौँ। राष्ट्रिय विभूति शंखधर साख्वा दिवस आज लखु तिर्थमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ।

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ आयोजनामा भएको उक्त कार्यक्रम काठमाडौँ महानगर पालिका मेयर बिद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा भएको हो।

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा

प्रमुख शाक्यले सभालाई सम्बोधन गर्दै ऐतिहासिक स्थल लखुतीर्थ पार्कको निर्माण भैरहेको जानकारी दिनुका साथै राष्ट्रिय विभूति शंखधर साख्वाको सम्मानमा तथा पद्म रत्न तुलाधरको सम्झनामा शंखधर उद्यानमा उहाहरूको शालिक प्रतिस्थपन गरिसकेको कुरा स्मरण गराउनु भयो ।

काठमाडौँ महानगर पालिका १५ वडाका अध्यक्ष तथा प्रबक्ता इश्वर मान डंगोल, लखुतीर्थ संरक्षण समितिका अध्यक्ष सुवर्ण डंगोल तथा अन्य प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता भएको उक्त कार्यक्रममो अन्तमा शंखधरको तस्बिरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरेको हो।

फोटो: दिनेश शाक्य

रितिरिवाज / परम्परा समाचार

गोरखाबाट ल्याइएको फूलपाती हनुमान ढोकास्थित दशैँ घरमा विधिवत भित्रायो।

काठमाडौँ।बडा दशैको सातौ दिन गोरखाबाट ल्याइएको फूलपाती हनुमान ढोकास्थित दशैँ घरमा विधिवत भित्रियाएको छ।

कोभिड १९का जोखिमका कारण सिमित गुरुजुको पल्टन तथा नेपाली सैनिक र हनुमान ढोका हेरचाह अड्डाका कर्मचारी मात्र फूलपाती लिन जाने कार्यक्रममा सहभागी भएको हो ।

हनुमान ढोकाको नास:: चुक:( नासल चोक) बाट गुरुजुको पल्टनले हर्ष बधाई गर्दै हनुमान ढोका मखन, इन्द्रचोक ,जनबहाल,असन हुदै सो टोलि जमल पुगेका थिए।

हनुमान ढोकाभित्र विधिवत पूजा-आज्ञा मंगल गान तथा मंगल धूनको बिच पूजा सम्पन्न गरि फूलपाती दशैँ घरमा भित्रियाएको हो ।

,फोटो:आकास बज्राचार्य

रितिरिवाज / परम्परा समाचार

विश्व शान्ति दिवस। को उपलक्ष्यमा शान्ति पदयात्रा

काठमाडौँ। सेप्टेम्बर २१ आज विश्व शान्ति दिवस। विश्वमा शान्तिको कामना गर्दै स्वयम्भू चैत्यदेखि श्रीघ: बिहारसम्म दिप सहित” शान्ति पदयात्रा” ।

पछिल्लो केहि बर्षदेखि विश्व शान्ति दिवसका दिन बुद्दिस्त फाउन्डेसनले आयोजनाले गर्दै आएको स्वयम्भू चैत्यदेखि नमोबुद्दसम्मको ” शान्ति पदयात्रा” यो बर्ष कोभिड १९ को सक्रमको जोखिमका कारण सुरक्षित तवरले सिमित व्यक्तिहरुको उपस्थितिमा ३ दिनको पदयात्रालाई स्थगित गर्दै आज स्वयम्भू चैत्यमा शुरु गरि श्री:घ बिहारमा समापन गरिएको हो ।

शान्ति पदयात्राको अन्तमा श्रीघ: बिहारका बिहार प्रमुख श्रदय गौतम भन्तेलाइ शान्ति दिप हस्तान्तरण गरि विश्व शान्ति पदयात्रा समापन गरिएको हो,दिप हस्तान्तर पछि श्रदय भन्तेबाट धर्म देशना गरेको हो।

का अनुसार यो बर्ष “यस्तै भयो तर आगामी बर्षमा शान्ति पदयात्रालाइ लामो दुरिमै निरन्तरता दिने छौ” आयोजक जानकारी गराउनु भएको छ।

रितिरिवाज / परम्परा समाचार

बौद्द धर्मालम्बीहरुको महादान पर्व पंजरा(पंचदान)

काठमाडौँ।बौद्द धर्ममा दश पारमिता निकै महत्व रहेको छ , दश पारमिता मध्य दान पारमिता भन्नाले दान गर्नेलाइ मानिन्छ ।

बोधिचर्या ,चित्त उत्पति लोभ -मोहबाट मुक्ति पाउने र चित्त सफा हुने दान पारमिता भनिन्छ .यसरि दान -प्रदान गर्ने पर्वलाई नै पंजरा अर्थात् पंचदान पर्व भन्ने गरेको हो।

विश्वमा कहिँ पनि यसरि दान-प्रदान गर्ने पर्व मान्ने गरेको पाइएको छैन ,नेपाल मात्र एउटा यस्तो देश हो जहाँ दान -प्रदान गर्ने छुटै पर्व छ।

बिशेष गरेर नेवा; समुदाय पनि बौद्द धर्मालम्बिहरुले यो पर्व निकै उत्साह पूर्वक मनाउने गरेको छ.पंजरा काठमाडौँका बहा( बहाल ) बहिहरुमा दान प्रदानगर्ने गरिन्छ , बज्राचार्य र शाक्य कुलपुत्र-कुलापुत्री हरुले दान -दक्षिणा दिने र लिने गर्दछ भने अरु नेवा: समुदायहरुले दान दिने गर्दछन।

पन्जरमा दान गर्नाले ठुलो पूण्य मिल्छ भन्ने धार्मिक कथन रहेको छ ,बौद्द धर्ममा आस्था राख्ने मानिसहरुले यस दिन चैत्य , गुम्बा र बहा -बहिमा गएर दान – प्रदान गर्दछन।

बिगत वर्षमा जसरि यो वर्षमा भने सबै बहा बहिमा यो पर्व मनाएको छैन , विश्वभरि नै महामारीको रूपमा फैलिएको कोभिड-१९ को सक्रमणको त्रासले नै कुनै कुनै बहामा ( बहल) मात्रै यो पर्व मनाइएको छ , सोहि क्रममा काठमाडौँको न:घल स्थित रत्न मण्डल बिहारमा आफ्नै बहा भित्रका कुलपुत्र ,,कुलपुत्री तथा कुलबधुहरुको उपस्थितिमा दान प्रदान को पर्व पंजरा पर्व मनाइएको छ।

रितिरिवाज / परम्परा समाचार

कोरोना भाइरस कोभिड १९ को त्राससंगै थप उर्जा सहित नामसंगति तुत: पाठ

काठमाडौ। बौद्द धर्मालम्बीहरुको धार्मिक पर्व गुंला पर्वको मध्यतिर पनि रत्न मण्डल महाविहारमा थप उर्जा र उत्साह सहित नामसंगति तुत: पाठ ।

एक महिना गरिने नमसंगति पाठ के हो ? यो पाठ गुंलामा किन गरिन्छ ?
यो महिमामा तुत:: पाठ गरेमा के हुन्छ ? यस बिषयमा जानकारी बिहार सर्बसंघका अध्यक्ष अमिर मान शाक्यले नामसंगति पाठको महत्व , गुंला पर्वको महिमाको बिषयमा प्रस्ट पर्नु भयो।

नजिकिदै गरेको बौद्द धर्मालम्बिहरुको दान मध्यको पनि महादान पंचदान पर्वको बिषयमा सोहि सर्बसंघ अर्थात् बिहारका कुलपुत्र सिद्दि रत्न शाक्य भिक्षुका अनुसार ‘बाहिरका कोहि पनि मनिसक्हरु आउन नदिने र सोहि सर्बसंघका सदस्यहरु पनि सिमित मात्र उपस्थित भइ सो दान कार्य गर्ने संक्रमणको बढी जोखिमलाई मध्यनजर निकै साबधानी तथा सतर्कता अपनाई यो पूण्य दान कार्य गर्ने” जानकारी दिनु भयो।

रितिरिवाज / परम्परा समाचार

मैत्रीपुर महाविहारमा गुन्लाको अवसरमा एक महिना नमसंगति तुत: पाठ

बौद्द धर्मालम्बीहरुको धार्मिक पर्व गुंला पर्वको अवसरमा मैत्रीपुर महाविहारमा एक महिना नमसंगति तुत: पाठ गर्ने जस्तो धार्मिक कार्य भैराखेको छ।

बौद्द धर्मालम्बीहरुको धार्मिक पर्व गुंला पर्वको अवसरमा मैत्रीपुर महाविहारमा एक महिना नमसंगति तुत: पाठ गरिदै गर्ने जस्तो धार्मिक कार्य भैराखेको छ।


बिगतका बर्षहरुमा यस बिहारका सबै जसो बज्राचार्य कुलपुत्र तथा कुलपुत्री सहभागी सुने गर्थ्यो भने यस बर्ष कोरोना भाइरस कोभिड १९ को त्रासपूर्ण बतबरणले गर्दा सिमित संख्यामा कुलपुत्र कुलपुत्रीहरुबाट भिड भाड नगरी निकै नै सुरक्षा र सतर्कता अपनाई नमसंगति तुत:पाठ गरेको अवस्था छ।


नजिकिदै गरेको बौद्द धर्मालम्बिहरुको दान मध्यको पनि महादान पंचदान पर्वको बिषयमा सोहि सर्बसंघ अर्थात् बिहारका कुलपुत्र मिलन रत्न बज्राचार्यले ‘बाहिरका कोहि पनि मनिसक्हरु आउन नदिने र सोहि सर्बसंघका सदस्यहरु पनि सिमित मात्र उपस्थित भइ सो दान कार्य गर्ने संक्रमणको बढी जोखिमलाई मध्यनजर गरि र थायपा अर्थात् जेष्ठ नागरिकको उपस्थित नगराई निकै साबधानी तथा सतर्कता अपनाई यो पूण्य दान कार्य गर्ने” जानकारी दिनु भयो।

रितिरिवाज / परम्परा समाचार

बौद्द धर्मावलम्बीहरुको ठुलो पर्व गुँला पर्वको अवसरमा नामसंगति पाठ।

काठमाडौँ।

हरेक बर्ष झैँ यो वर्ष पनि गुँला पर्वको अवसरमा श्री रात्नमंडल महाविहार शाक्य संघ ,तुत :सम्रक्षन समितिको आयोजनामा पबित्र नामसंगति तुत: पाठ गरेको छ, बिगतका वर्ष झैँ यो वर्षमा भिडभा। नगरी सिमित मानिसहरुको उपस्थितिमा यो पाठ गरिएको हो ।
बौद्द धर्ममा आस्था राख्ने शाक्यहरुमा यस नामसंगति पाठको निकै नै धर्मिक आस्था रहेको हुनाले कोरोना भाइरस कोभिड-१९ को महामारीमा पनि सिमित शाक्य कुलपुत्र -कुलपुत्रिहरुको उपस्थितिमा यो पाठ तुत : वाचन गरेको जानकारी यस सर्बसंघका कुलपुत्र सिद्दि रत्न शाक्य भिक्षुले जानकारी गराएको छ।