फोटो फिचर









































निरन्तर बर्षासङै भिन्न प्रकारको रोगहरु लाग्ने गरेको र आकस्मिक रगत अभावको पूर्ती गर्नकै लागि जनदेव बचत तथा ऋण तथा सहकारी सस्थाले रक्तदान कार्यक्रम गरियेको छ।
आयोजकका अनुसार यो दशौओ पटकको रक्तदान कार्यक्रम हो।
बरिस्ठ फोटो पत्रकार नातिकाजी महर्जन द्वारा प्रायोजित सांस्कृतिक फोटो पत्रकार पुरस्कार यो बर्ष गोरखापत्र दैनिकका पत्रकार विकास द्वारेलाई प्रदान गरिएको छ ।
विष्णु – नाति फोटो पत्रकारिता पुरस्कार नाम दिइएको पुरस्कारको रासी १० हजार रहेको छ ।


काठमाडौं । महंगी र भ्रष्टाचार बढेको भन्दै नेकपा एमालेले आज वसन्तपुरमा विरोध प्रदर्शन गरेको छ ।
सरकारविरुद्ध नाराबाजी गर्दै एमाले कार्यकर्ताहरु सडकमा उत्रिएका हुन् ।वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा उनीहरु प्लेकार्ड, ब्यानर र झन्डा तथा ग्यास सिलिन्डरसमेत बोकेका थिए ।
प्रदर्शनमा एमाले कार्यकर्ता तथा एमाले निकट जनजाति संगठनका कार्यकर्ताहरु सहभागी थिए । परमादेशी सरकार मुर्दावाद, भ्रष्टाचार नियन्त्रण गर, कालो धन्दा कारोबार बन्द गर लगायत नाराहरु लगाएका थिए ।


काठमाडाैँका पूर्व मेयर विद्यासुन्दर शाक्य समेत प्रदर्शनमा सहभागी थिए ।जनप्रदर्शन आयोजक कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले वर्तमान गठबन्धन सरकारका कारण भ्रष्टाचार, महंगी र बेथिति बढेकोले आफूहरु खबरदारी गर्न सडकमा उत्रिएको बताए


बौद्ध कालिन ऐतिहसिक नेपाल भाषाका चलचित्र घोषकका निर्माता, निर्देशक, लेखक तथा कलाकारहरू बिच नेपाल संबत ११४२ को शुभकामना अदान प्रदान कार्यक्रम आयोजना गरियको छ।

उक्त कार्यक्रम श्रदय भन्ते को प्रमुख आतिथ्यमा भयको हो।
कार्यक्रममा विभिन्न संघ सस्थाका पधाधिकरिहरुको उपस्थिति थियो।
सोही कार्यक्रममा अतिथिहरु बाट घोषक चलचित्र अफ्ना परिवारका साथमा हेर्न जान अनुरोध गरेको छ।
आज बडा दशैको छैठो दिन आज गोरखा दरबारबाट ल्याइएको गुलपाती हनुमानढोका स्थित दधै घरमा बिधिवत भित्राइयेको छ।

‘रगत दिऊँ, जगत् सुरक्षित राखौं’ भन्ने नारासहित नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं–२४ नगर समितिले गरे रक्तदान कार्यक्रम

काठमाडौ। कोरोना महामारी तथा दिनदिन सक्रमित अत्याधिक बढ्दै गएको अवस्थामा भइरहेको रगत अभाव न्यूनीकरण गर्ने उद्देश्यले ‘रगत दिऊँ, जगत् सुरक्षित राखौं’ भन्ने नारासहित नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं–२४ नगर समितिले मखँ त्वाः मा रक्तदान कार्यक्रम गरेको छ ।
विश्व रक्तदाता दिवसबाट काठमाडौं महानगरपालिका वडा नं. २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ र महानगरी प्रहरी वृत्त, जनसेवाका प्रमुख डिलबहादुर मल्लको विशेष उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १६६औं पटकको रक्तदान गरी समापन गरिएको उक्त कार्यक्रममा महिला तथा पुरूष गरी जम्मा ४१ जनाले रक्तदान गरेका थिए ।
रक्तदाता समाज काठमाडौं-२४ वडा समितिका अध्यक्ष सुरेश सिलाकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा रक्तदाताहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए । गरेको रक्तदानमा समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १६६ औं पटक रगत दिएका छन् ।
कार्यक्रममा कर्माचार्यसहित ४१ जनाले रक्तदान गरेका थिए । त्यसक्रममा संकटमा रगत जुटाएर व्यक्तिको जीवन बचाउने अभियानमा लामो समयदेखि योगदान पुर्याउँदै आएका कर्माचार्यलाई अभिनन्दनसमेत गरिएको थियो ।
काठमाडौँ। नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिको आयोजनामा कोरोना भाइरसको महामारीको कारण कोरोना संक्रमितहरुलाई रगतको अभावले गर्दा ज्यान गुमाउन नपरोस भन्ने हेतुले काठमाडौँको चिकमुगल टोलमा रक्तदान कार्यक्रम आयोजनामा गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष राम रन्जितले जानकारी गराएको छ।


नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यत्वमा गरियको हो साथै २० वडाका अध्यक्ष राजेन्द्र मानन्धर तथा महानगरीय प्रहरी वृत जनसेवाका प्रमुख DSP दिल बहादुर मल्लको बिशेष उपस्थित रहेको उक्त मानविय कार्यक्रममा महिला पुरुष गरि जम्मा २८ जनाले रक्तदान गरेका छन्।

केलटोल मछिन्द्र बहालमा अवस्थित श्री आर्य अवलोकेश्वरको रथ यात्रा चैत दशैको दिन आरम्भ भएको छ।
४ दिनकता रथ सम्म हुने उक्त रथ यात्रा पहिलो दिन असनमा पुर्याइञ्छ भने दोस्रो दिन असनबाट हनुमान ढोका काल भैरब अगाडी विराजमान गराइञ्छ।