समाचार संस्कृति

श्री भाष्करदेव संस्कारित केशचन्द्र पारावत् महाविहारस्थित देवाद्यः छेँ (कुलदेवता घर)को पुननिर्माणपछि उद्घाटन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिबार युनेस्कोको सम्पदाको सूचीमा रहेको इतुम्बहाःमा रहेको श्री भाष्करदेव संस्कारित केशचन्द्र पारावत् महाविहारस्थित देवाद्यः छेँ (कुलदेवता घर)को पुननिर्माणपछि उद्घाटन गरेका छन् ।

मेयर शाक्यले उद्घाटनपछि मूर्त÷अमूर्त अभियानअन्तर्गत आप्mनो कार्यकालमा काठमाडौँभित्र रहेका धेरै कुलदेवता घर, आगम घरको पुननिर्माण भइसकेको जानकारी दिए ।

मेयर शाक्यले मूर्तमात्र होइन अमूर्त सम्पदाको संरक्षणमा पनि काम भइरहेको छ, भने । मेयर शाक्यका अनुसार पुननिर्माण गरेर देवाद्यः छेँ श्री भाष्करदेव संस्कारित केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजलाई सुम्मिसकेपछि अब महानगरपालिकाको काम सकिएको छ । उहाँ भन्छन्– अब यसमा महानगरपालिकाले हस्तक्षेप गर्ने छैन ।

अबदेखि यसको संरक्षण गर्ने जिम्मेवारी केशचन्द्र पारावत् महाविहार संरक्षण समाजको हो । काठमाडौँको मुटुमा रहेको इतुम्बहाःमा काठमाडौँ महानगपालिकाको सहयोगमा देवाद्यः छेँको पुननिर्माण भएको हो । जुन इतुम्बहाःका करीब १५० भन्दा बढी घरधुरीको इस्ट देवताको घरको रुपमा रहेको छ ।

सो देवाद्यः छेँको पुननिर्माण गर्न करीब दुई वर्षअघि शिलान्यास गरिएको थियो । केशचन्द्र पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष क्याप्टेन चन्द्रबहादर शाक्यले इतुम्बहाःको गौरव र प्रतिष्ठाको रुपमा देवाद्यः छेँको पुननिर्माणमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए । उनले यस क्रममा श्री भाष्करदेव संस्कारित केशचन्द्र पारावत् महाविहार नेपाल मण्डलकै समृद्ध र सुविधायुक्त महाविहार हो, भनेका छन् । यसैगरी, महाविहार संरक्षण समाजका महासचिव प्रज्ञारत्न शाक्यले मूर्त सम्पदाको रुपमा रहेको देवाद्यः छेँको पुननिर्माण सकिएपनि यस समाजमा रहेका कैयौँ अमूर्त सम्पदाको संरक्षण र जगेर्णा गर्न बाँकी रहेको भनाई राखे ।

रितिरिवाज / परम्परा समाचार

आज शहिद दिवस मनाइयो

काठमाडौँ। आज शहिद दिवस नेपाल आमाको शिर उच्च राख्दै देशको लागि बलिदान दिएर सहादत प्राप्त गर्ने बीर सपूतको सम्झनामा आज शहिद दिवस मनाइयो ।


शहिद धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ दशरथ चन्द तथा शुक्रराज शास्त्री आज उहाहरुको सम्झनामा उहाहरुको सालिक भएको स्थानमा सहिदहरुको प्रतिमामा माल्यार्पनाका साथै विभिन्न कार्यक्रम गरि उहाहरुलाई श्रदान्जली अर्पण गरिएको हो।


श्रदान्जलिकै क्रममा काठमाडौँ १९ वडास्थित प्याफ़ल टोलमा शहिद गंगालालको प्रतिमा अनावरण गरिएको छ , त्यस्तैगरी १९ वडा यतखा टोलमा शहिद निर्गुण स्थापितको सम्झनामा श्रदान्जली सभाको आयोजना गरिएको छ ।


नेपाली कांग्रेसका नेता नविन्द्र राज जोशीको प्रमुख आतिथ्यत्वमा भएको उक्त कार्यक्रममा मुख्य अतिथि नविन्द्र राज जोशी , अतिथि राजु राज जोशी , २० वडा अध्यक्ष राजेन्द्र मानन्धर , राजेश श्रेष्ठ ,राज्यलक्ष्मी श्रेष्ठ , १९ वडाका सदस्यहरु चन्द्र मान डंगोल , रेणु कमल शाही , मधुसुदन प्रधान तथा रन्जिता परियार तथा शहिद निर्गुण स्थापितका दाजुले उहाको प्रतिमामा माल्यार्पण तथा पुष्प गुच्छा चढाई गरि श्रदान्जली अर्पण गरेको हो।

कार्यक्रममा प्रमुख अतिथिबाट शहिद निर्गुण स्थापितको त्याग र बलिदानको स्मरण गरि उहाको देनको चर्चा गर्नु भएको छ ।
कार्यक्रमा सभाध्यक्ष १९ वडाका अध्यक्ष शशिलाल श्रेष्ठबाट धन्यबाद मन्तब्य राख्नु भएको हो।

समाचार संस्कृति

श्री आर्यअवलोकेश्वर करुणामय( जा: जुया बिज्यात)नेत्र खोल्नु भयो

काठमाडौँ।श्री आर्यअवलोकेश्वर करुणामय सेतो मछिन्द्र नाथले( जा : जुया बिज्यात ) नेत्र खोल्नु भयो।
गत साता अष्टमीका दिन श्री आर्या अवलोकेश्वर करुणामय ( सेतो मछिन्द्रनाथ)को महास्नान सम्पन्न भएको थियो।
महास्नान सकिएपछि मछिन्द्रनाथलाई रंगरोगन गरि सृगार गर्ने गरिन्छ जसलाई स्थानिय भाषामा लपुली छायेगु भंनिन्छ।
एक सातासम्म मछिन्द्रनाथको सृगार पश्चात करुणामयको मूर्तिलाई मन्दिरमा आसन अगाडी विराजमान गराई गुरुजुद्वारा मन्तोरोच्चारण गरि पूजा आराधना गरिन्छ।
पूजा बिधि सकिएपछि छोपेको कपडा निकाली मछिन्द्र नाथको नेत्र खोलिन्छ जसलाई धार्मिक शब्दमा जा: जुगु भनिन्छ।

मछिन्द्र नाथले नेत्र खोल्नु भइसकेपछि उहाको दश कर्म संस्कार गरिन्छ।

फोटो ;आकास बज्राचार्य

बिशेष समाचार

माननीय जीवनराम श्रेष्ठबाट डल्लु ल्व; हिटी अर्थात ढुंगे धारा समुदघाटन

काठमाडौं! प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठबाट काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित डल्लु चौतारामा डल्लु ल्व; हिटी अर्थात ढुंगे धारा समुदघाटन गर्नुभयो ।

स्थानीय जनसमुदायको माग अनुसार निर्माण कार्यको लागि काठमाडौं क्षेत्र नं. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १५ लाख बजेट बिनियोजन गरिएको थियो ।

हमुमान ढोका विश्व सम्पदादेखि स्वयम्भू विश्व सम्पदासम्म जाने सम्पदा मार्गमा पर्दछ । बजेटबाट ढुङ्गेधाराको पुनः निर्माण र नव जागृति क्लब खेल मैदानमा स्नान गृह र सार्वजनिक शौचालय निर्माण गरिएको छ। माननीय जीबनराम श्रेष्ठले काठमाडौं लाई सांस्कृतिक शहर बनाउनुपर्ने र यहाँको पहिचान कायम गर्न र पर्यटन उद्योगको बिकासको लागि आफुले हनुमानढोका बाट स्वयम्भू सम्मको बाटोलाई सम्पदामार्ग बनाउने योजना अगाडि बढाउने कार्य भैसकेको यो कार्य पनि यसको अंगको रूपमा बिकाश गरेको बताउनु भयो।

डल्लु ल्व; हिटी (ढुङ्गेधारा) समुद्घाटन कार्यक्रमको सभापति जेष्ठ नागरिक प्रेम मानन्धर, स्वागत मनराजा रन्जित ले गर्नु भएको थियो र सन्चालन क्लबका अध्यक्ष समितिका सदस्य मधुसुदन मानन्धर, १५वडा अध्यक्ष तथा काठमाडौं महानगरपालिका प्रबक्ता ईश्वरमान डगोल, संरक्षण तथा जिर्णोद्वार उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर रंजित, समाजसेवी सुबर्णमान डगोल, गंगा रंजित, राजु खरेल र उपभोक्ता समितिका पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियोे।

समाचार संस्कृति

श्री स्वस्थानी ब्रत प्रारम्भ

आज पौष शुल्क पुर्णिमा आज देखि श्री स्वस्थानी ब्रत तथा श्री स्वस्थानी कथा वाचन प्रारम्भ भएको छ।
आजकै दिनदेखि एक महिनासम्म हिन्दु धर्मबलाम्बिहरुले ब्रत राख्दछन भने आफ्नो घर घरमा माघ माहत्मे श्री स्वस्थानी माताको पुस्तकलाई पूजा अर्चना गरि कथा वाचन गर्ने गरिन्छ।

आजकै दिनदेखि शालि नदीकोको मेला तथा शालि नदीमा ब्रतालुहरुले ब्रत प्रारम्भ गरेको .छन गत बर्षहरुमा ब्रतालुको संख्या निकै हुने गरेकोमा यस वर्ष भने कोभिड १९ का कारण ५० जना ब्रतालुहरु सिमित संख्यामा राखेको आयोजकले जनाएका छन्।

समाचार संस्कृति

श्री आर्य अवलोकितेश्वर करुणामय ( सेतो मछिन्द्रनाथको) न्हव अर्थात् महास्नान आज सम्पन्न

काठमाडौँ। रोगब्याधी निको पार्ने तथा आयु आरोग्य र सहकालका देवता श्री आर्य अवलोकितेश्वर करुणामय ( सेतो मछिन्द्रनाथको) न्हव अर्थात् महास्नान आज सम्पन्न भएको छ।


पौष शुक्ल अष्टमीकादिन श्री आर्य अवलोकितेश्वरलाइ महास्नान गरिन्छ।
अघिल्लो दिन निर्मल तिर्थबाट पबित्र जल तामाको घडामा राखेर जनबहाल ल्याई पुर्याउछ ।
सोहि घडाको पबित्र जललाइ न्हव (महास्नान)को दिन गुरुजद्वारा मन्त्रोचारण गरि दुध र तातो पानीले स्नान गराइन्छ यो विधिलाई स्थानिय भाषामा न्हव: अर्थात् महास्नान भनिन्छ।
फोटो: आकास बज्राचार्य

समाचार हाईलाईट

नेकपा नेता तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठलाई पितृ शोक

काठमाडौँ। नेकपा नेता तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवन राम श्रेष्ठलाइ पितृ शोक परेको छ ।

उहाको पिता कृष्ण राम श्रेष्ठको ९३ बर्षको उमेरमा आज निधन भएको हो।

स्वर्गीय कृष्ण राम श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

बिशेष समाचार

नेपाल रेडक्रस सोसाइटी छत्रपाटी उपशाखाको १७ औ साधारण सभा सम्पन्न

काठमाडौँ । !मथुरा राम श्रेष्ठको प्रमुख आतिथ्यत्वमा नेपाल रेडक्रस सोसाइटी छत्रपाटी उपशाखाको १७ औ साधारण सभा सम्पन्न भएको छ।

१७ वडाका अध्यक्ष नबिन मानन्धर तथा २५ वडाका अध्यक्ष नीलकाजी शाक्य उक्त कार्यक्रममा अतिथि रहनु भएको हो।

अञ्जना मस्के श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रमको सभापति प्रशान्त मान मास्के रहनु भएको हो।

बिशेष समाचार

नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा रक्तदान कार्यक्रम

काठमाडौं ! नेपाल स्वयंसेवी रक्तदाता समाज,काठमाडौं महानगरपालिका १९,२०,२३ र २४ वडा नगर समितिको संयुक्त मुल आयोजनामा यहि पुष २५ गते शनिबारका दिन चोभार डांडामा रक्तदान एवं परिचायत्मक वन भोज कार्यक्रम सम्पन्न भएको छ!

उक्त कार्यक्रममा बागमती प्रदेशका सांसद माननीय श्री राजेश शाक्य ज्यु को उपस्थिति रहेको थियो! महानगरीय प्रहरी बृत कीर्तिपुरका प्रहरी प्रमुख D.S.P श्री रुकेश तण्डुकार ज्युले मायाको चिनो प्रदान गरिएको उत्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेम सागर कर्मचार्य ज्युले कार्यक्रममा सहभागी सम्पुर्ण महानुभावलाई खादा ओढाई सम्मान गरि स्वागत गर्नु भएको थियो!

ने.स्व.र.स मा नयाँ आजिवन सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण गर्नु भएको थियो! यस् संस्थाका १९ नं. वडाका अध्यक्ष बिनोद खड्गी,२० नं. वडाका राम रन्जित, २३ नं. वडाका अध्यक्ष राकेश लाल श्रेष्ठ र २४ नं.वडाका काेषाध्यक्ष ओम कृष्ण रन्जितकारले केन्द्रिय अध्यक्ष श्री प्रेम सागर कर्माचार्य ज्युलाई खादा ओढाई सम्मान गर्नु भएको थियो!

र यस् संस्थाको २० वडाका सचिब राजेश मानन्धरले कार्यक्रम संचालन गर्नु भएको थियो! जम्मा ३२ जना ब्यक्तिले रक्तदान गर्नु भएको थियो भने नेकपा पार्टीका नेता श्री उमेश स्थापितले पनि रक्तदान गर्नु भएको थियो साथै नेकपा पार्टीका नेता आदरणीय श्री राजन गौतम ज्युको पनि उपस्तिथिती रहेको थियो!

सो कार्यक्रममा 110 जनाको उल्लेखनीय सहभागीता रहेको थियो! रगतको अभाव हुन नदिन यस् नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष श्री प्रेम सागर कर्माचार्य ज्युले भन्नू भयो सदैब यस् संस्था मा अग्रसर रही मानवीय कार्यमा हरेक बिरामीले रगतको दिलाउने बताउने भन्नू भयो! साथै आउदो दिनमा सबै ब्यक्तिलाई यस संस्थामा आवद्ध गराउदै जनचेतनामूलक कार्यक्रम हरु आयोजना गर्ने बताउनु भयो!