बिशेष समाचार

मिस:नेवा नेपालका प्रतिस्पर्धीहरुले आफ्नो मौलिक सस्कृति र परम्पराको जगेर्ना गर्न बनाए यो:मरी

काठमाडौँ। नेप्लिज फेशन होमको आयाेजनामा याेमरी पुर्णिामाकाे  उपलक्ष्यमा  मिस:नेवा नेपालका प्रतिस्पर्धीहरुले यो:मरी बनाउन सिक्ने र सिकाउने कार्यक्रम गरेको छ।

 बिगतका बर्ष झै यस बर्ष पनि मिस नेवाहरुबाट नेवारी परिकार यो:मरी बनाएर आफनो मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेका छन् ।

उक्त कार्यक्रमको उद्घाटन सञ्चार विज्ञ राजेन्द्र मानन्धरले पानसमा दियो बाली उद्घाटन गर्नु भएको थियो । विगत १७ वर्ष देखि निरन्तर रुपमा नेवार कला, भाषा तथा संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले स्थापित नेप्लिज फेसन हाेमले प्रत्येक वर्ष झैं यसपाली पनि १५ आौं मिस नेवा: नेपाल यहि माघकाे अन्तिममा फाईनल हुने गरि आयाेजना गर्ने र हाल १५ जना नेवा:चेलीहरुले     प्रतिस्पर्धा गर्नेछन।

मिस नेवा:हरु सुनिता डंगाेल , नितु डंगोल, संगिता महर्जन , प्रजिता श्रेष्ठ , राेशनी कुम्पाखा तथा पल्सा श्रेष्ठ द्वारा प्रतिस्पर्धि नेवारी सुन्दरीहरलाई योमरी बनाउन सिकाउनुका साथै योमरी बनाउने प्रतिस्पर्धाको आयोजना पनि गरेको थियो ।

बिशेष समाचार

तेज-तिर्थ ट्रस द्वारा सम्मान तथा पुरस्कार बितरण

काठमाडौँ। मेलमिलाप दिवसको अवसरमा पूर्व मन्त्री, समाजसेवी , भाषा सेवी तथा नेपाली कांग्रेसका नेता तीर्थराम डंगोलद्वारा गठन गरिएको तेज-तिर्थ ट्रसद्वारा हरेक बर्ष बितरण गर्दै आएको सम्मान तथा पुरस्कार यस बर्ष पनि बितरण गरिएको छ।

काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकामा गरिएको उक्त कार्यक्रम पूर्व राष्ट्रपति डाक्टर रामबरण यादवको प्रमुख अतिथ्यत्वमा भएको हो।

कार्यक्रममा पूर्व रक्षा मन्त्री भिमसेन दास प्रधान अतिथिको रूपमा उपस्थित भएको हो।

कार्यक्रममा प्रमुख अतिथिद्वारा साहित्यकार नारायण देवी श्रेष्ठ तथा योगेन्द्र मान श्रेष्ठलाई यस बर्षको तेज-तिर्थ सम्मान तथा पुरस्कार वितरण गरिएको हो भने सम्मानकै क्रममा पत्रकारद्वय अजय शिवाकोटी तथा निर्मला आचार्य र मानव अधिकारवादी शिव प्रशाद कंगाललाइ बितरण गरिएको हो। नारायण देवी श्रेष्ठको पुरस्कार उहाको प्रतिनिधि उहाको छोरा दिनेश श्रेष्ठलाई हस्तान्तरण गरिएको हो।

प्रमुख अतिथि तथा नेपालको पहिलो राष्ट्रपति यादबले” लोकतन्त्र तथा संविधानको रक्षाका लागि आ- आफ्नो क्षेत्रबाट आवाज उठाउनु पर्ने ” कुरामा जोड दिनु भएको छ।


उहाले” असम्बैधानिक रुपमा संबिधान बिघतन भैसकेको आजको अवस्थामा अब नेपालको राजनीति कुन ठाउमा पुग्ने हो” भनि चिन्ता ब्यक्त गर्नु भएको छ।

कार्यक्रममा तेज -तिर्थ ट्रसका प्रमुख तीर्थराम डंगोलले” राष्ट्रलाई सुहाउदो र समाजलाई राम्रो बाटो देखाउने व्यक्तित्वहरुलाई हरेक बर्ष यो सम्मान तथा पुरस्कार बितरण गर्ने गरिएको बताउनुका साथै आज मेलमिलाप दिवसको उपलक्षमा यो सम्मान तथा पुरस्कार वितरण गर्न पाउदा आफु तथा आफ्ना परिवारहरु निकै हर्षित भएको” चर्चा गर्नु भयो।

संस्कृति

१७औ राष्ट्रिय ज्यापु दिवस बिबिध कार्यक्रमका साथ सम्पन्न

काठमाडौँ। कोभिड १९ का कारण १७औ राष्ट्रिय ज्यापु दिवस आज राष्ट्रिय सभागृहमा सिमित कार्यक्रमका बिच सम्पन्न।

ज्यापु सास्कृतिक विकास कोषद्वारा आयोजित १७ औ ज्यापु दिवस सास्कृतिक र्याली र झाकी बिना नै सम्पन्न भएको छ।
बिगतका बर्षहरुमा सास्कितिक र्याली तथा झाकीहरु सहित बृहत कार्यक्रमा हुने गरेकोमा यस बर्ष नेपाल सरकारले तोकिएको नियमलाई पालन गर्दै राष्ट्रिय सभागृहमा सिमित कार्यक्रमका बिच सम्पन्न भएको छ।
उपप्रधान मन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यत्वमा भएको उक्त कार्यक्रममा ज्यापु सास्कृतिक धरोहर मदन विर महर्जन , ज्यापु सरस्वती पदक रबिना महर्जन , ज्यापु सास्कृतिक गुरु काजीलाल डंगोल ,ज्यापु रत्न रमेश महर्जनलाइ दोसल्ला तथा कदर पत्रले सम्मानित गरेको हो।
कार्यक्रममा बिशेष अतिथि शिक्षा तथा प्राबिधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ ,बिशेष अतिथि काठमाडौँ महानगर पालिकाका प्रमुख बिद्या सुन्दर शाक्य तथा बिशेष अतिथि काठमाडौँ महानगर पालिकाका उप प्रमुख हरिप्रभा श्रेष्ठ खड्गी बाट शुभकामना मन्तब्य दिनु भएको हो।

समाचार संस्कृति

नवदुर्गा जात्रा (नाच ) सम्पन्न

काठमाडौ। हिजो र आज गरि दुइ दिन लगातार काठमाडौको जयबागेश्वरीमा भएको नवदुर्गा जात्रा( नवदुर्गा नाच )सम्पन्न भएको छ

फोटो फिचर
फोटो ;आकास बज्राचार्य

समाचार हाईलाईट

वर्तमान श्री भैरब रुजन शाक्यलाई अबकास

काठमाडौँ।२०६५ सालमा श्रीभैरब स्थापना गरिएका वर्तमान श्री भैरब रुजन शाक्यलाई आज एक विशेष पूजा आजा सहित अबकास गरियो ।

तलेजु भवानीका मूल पूजारी उद्धव मान कर्माचार्य तथा पुजारी प्रफुल्ल बिक्रम ध्वज जोशी  श्री भैरबको निवासस्थानमा पुगि विशेष पूजाआजा गरी र सगुन दिई वहाँलाई विदाई गरि कस्नब शाक्यलाई बर्तमानश्री भैरब रूपमा प्रतिस्थापन गरिएको हो।

खेल समाचार

नेपाल ओलम्पिक कमिटी अन्तर्गत ‘पिस थ्रु स्पोर्टस’ कमिसन गठन

काठमाडौँ। नेपाल ओलम्पिक कमिटीअन्तर्गत शुक्रबार ‘पिस थ्रु स्पोर्टस’ कमिसन गठन गरिएको छ ।

त्यसको अध्यक्षमा रमेश महर्जन रहनु भएको छ । उहाँ कीर्तिपुर नगरपालिकाका मेयर पनि हुनु हुन्छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले कमिसन गठनको अवसरमा शुभकामना व्यक्त गर्नु भयो ।

त्यस अवसरमा कमिसन अध्यक्ष महर्जनले खेलकुदको माध्यमबाट समाजमा शान्ति स्थापनाका लागि विभिन्न कार्यक्रम हुने बताउनु भयो ।

कमिटीका सदस्यमा अन्जु भट्टराई, चन्द्रप्रकाश घर्ति, ज्ञानेन्द्र महर्जन, कृष्ण घिसिङ, नयना शाक्य, ऋतु ग्याम्दाङ, समिरबहादुर सिंह, सूर्यबहादुर जोशी, उपेन्द्र थापा र युवराज सुनुवार हुनु हुन्छ । यस्तै शुष्माराज भण्डारी विशेष आमन्त्रित सदस्य हुनुहुन्छ ।

समाचार हाईलाईट

वर्तमान श्री गणेश सम्वेग शाक्यलाई विदाई

काठमाडौँ।२०६७ सालमा श्री गणेशमा स्थापना गरिएका वर्तमान श्री गणेश सम्वेग शाक्यलाई आज एक विशेष पूजा आजा सहित विदाई गरियो ।

तलेजु भवानीका मूल पूजारी उद्धव मान कर्माचार्यद्वारा श्री गणेशको निवासस्थानमा पुगि विशेष पूजाआजा गरी र सगुन दिई वहाँलाई विदाई गरिएको हो ।रोदिन मान शाक्यलाई बर्तमान श्री गणेश रूपमा प्रतिस्थापन गरिएको हो।

श्री गणेशको एकमान शाक्य र सत्यदेवी शाक्यका नाति हुनुहुन्छ भने दिनेशमान शाक्य र रोजि शाक्यका सुपुत्र हुनुहुन्छ ।

समाचार हाईलाईट

जिवित देव श्री भैरब भोलि पौष ४ गते फेरिने

काठमाडौँ। जिवित देव श्री भैरबको ममा भैरबको अनुसार भोलि पौष ४ गते

बिहान ८ बजेको शुभ साइतमा फेरिने भएको छ।

समाचार हाईलाईट

पूर्व १८ वडा अध्यक्ष चंद्रनन्द नेवा: सम्मानित

काठमाडौँ। आज काठमाडौँ महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्य बाट १८ वडाका पूर्व अध्यक्ष चंद्रानन्द नेवा:लाइ उहाकै निवासमा सम्मान गरेको छ।


लामो अवधिसम्म धेरै पटक उहा १८ वडाबाट निर्वाचित भइ जनताको सेवा गरेकोले कदर स्वरूप उहालाई यो बर्ष महानगर दिवसको अवसरमा यहि बर्षको स्व जनकलाल श्रेष्ठ स्वशासन पुरस्कार मेयर शाक्य द्वारा हस्तान्तर गरिएको छ।


नेवा:गत केहि समयदेखि अस्वस्थ रहनु भएकोले आज मेयर शाक्य स्वयम उहाको निवास म्हेपीमा पुगी नगद राशि एक लाख तथा सम्मान पत्र हस्तान्तरण गरिएको हो।
नेवा: पहिलो पटक २०१९ सालको स्थानिय निर्वाचित वडा सदस्य भएको थियो भने २०३२ साल पछि कार्यबाहक प्रधानपंच समेत रहनु भएको थियो।


पूर्व १८ वडा अध्यक्ष चन्द्रानन्द नेवा:को शिघ्र स्वास्थ्य लाभको कामना तथा उहा स्वशासन पुरस्कारद्वारा महानगर पालिकाबाट सम्मानित हुनु भएकोमा हार्दिक शुभकामना।।।
शुभ अभियान मिडिया