काठमाडौँ। चिक:मूग टोल गणेश मूर्ति पुन: स्थापना समितीले आज श्री गणेशको मूर्ति स्थापना गरिएकोछ।

उक्त मुर्ति स्थापना सोहि टोलका स्थानीय बासिन्दा राजेश मानन्धरको संयोजनमा भएको हो भने उपसंयोजकमा स्थानीय बासिन्दा राम रंजित रहेको हो।

मूर्ति स्थापना बिशेष पूजा गरि गरिएको हो,मूर्ति स्थापमा पश्चात प्रसाद ग्रहण तथा उक्त मूर्ति प्रतिस्थपन गर्न आर्थिक र भौतिक सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।

पुन:स्थापना गरिएको उक्त स्थानमा पहिले नै पुरातात्विक गणेशको रहेको र तत्कालिन समयमा मूर्ति चोरी भएकोले पुरानै खालि रहेको स्थानमा नया मूर्ति स्थापना गरिएको संयोजक र उपसंयोजकाले जानकारी गराएको छ।

नौ महिनाको अथक प्रयास पछि उक्त स्थानमा श्री गणेशको मूर्ति पुन: स्थापना गरिएको पनि उहाहरुले बताएका छन्।

फोटो ;आकास बज्राचार्य
टीका सानु र विशाल समिरको स्वरमा रहेको ‘आउँछ याद’ गीतको भिडियो सार्वजनिक भएको छ । जानकी कुँवरको शब्द रहेको यस गीतमा संगीत कृष्ण सुनार (अभागी)को रहेको छ । सार्वजनिक भिडियोमा जानकी कुँवर र लोमस शर्माको नृत्य देख्न सकिन्छ । शिव विकेले निर्देशन गरेको भिडियोलाई राम केसीले छायांकन गरेका छन् । माधव श्रेष्ठको करियोग्राफी रहेको भिडियोको सम्पादन भने पदम सुवेदले गरेका हुन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठ र नेपालका लागि साउदी अरेबियाका राजदूत मुसाउद अल आरवे बिच छलफल
काठमाडौ।नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठ र नेपालका लागि साउदी अरेबियाका राजदूत मुसाउद अल आरवेबिच शनिबार सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीलाई लिएर छलफल भएको छ ।
कमिटीको सातदोबाटो स्थिति कार्यालयमा भएको भेटवार्तामा खेलकुदको माध्यमबाट पारस्परिक सहयोगका लागि पनि कुराकानी भएको थियो । साउदी अरेबियाको राजधानी रियादले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि दाबी प्रस्ताव गरेको छ र त्यसमा नेपालको समर्थन तथा सहयोगका लागि राजदूत आरवेले अध्यक्ष माननीय श्रेष्ठसग भेट गर्नु भएको हो ।
त्यस एसियाली खेलकुद आयोजनका लागि रियादसगै कतारको दोहाबीच प्रतिस्पर्धा हुन लागेको छ । यसअघि कतारी ओलम्पिक टोलीले पनि काठमाडौंका भ्रमण गरेको थियो । राजदूतसगको कुराकानीपछि अध्यक्ष माननीय श्रेष्ठले साउदी र कतारले प्रस्तुत गरेको प्रस्ताव तुलनात्मक रूपमा समान रहेको बताउ“दै यसबारे ओमानको मस्कटमा हुने एसियाली ओलम्पिक कमिटीको साधारण सभामा दुवै पक्षस“ग थप छलफल हुने बताउनु भयो ।
उहाले अन्तिम निर्णय अगाडि नेपाली खेलकुद र खेलाडीलाई हित र स्वार्थलाई मुख्य आधार बनाइने बताउनु भयो । अध्यक्ष माननीय श्रेष्ठसगै महासचिव श्रेष्ठले मस्कटमा हुने साधारण सभामा भाग लिनु हुनेछ । त्यस अवसरमा नेपाली टोलीले साउदी र कतारी ओलम्पिक कमिटीसग थप भेटघाट गर्नेछ । राजदूत आरवेसगको छलफलको अवसरमा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य र महासचिव निलेन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
काठमाडौँ!नेपाल ओलम्पिक कमिटीअन्तर्गत वुमेन्स कमिसन बुधबार ज्योति राणाको अध्यक्षमा ११ सदस्यीय कमिटी गठन भएको छ ।

कमिसनको अध्यक्षमा राणाको यो दोस्रो कार्यकाल हो । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालयमा आयोजित कमिसन गठनको कार्यक्रममाअध्यक्ष माननीय जीवनराम श्रेष्ठले सफलताको कामना गर्नु भयो ।
कमिसनको अन्य सदस्यमा बिमला पौडेल, हेल्गा राणा रायमाझी, नन्दा बस्याल, प्रमिला सिंह श्रेष्ठ, प्रतिमा शाह, रेणुका सिटौला, सुधा शाक्य, सुनकेशरी माली, प्रेमा डोल्मा लामा श्रेष्ठ र गीता श्रेष्ठ रहेका छन् ।
कार्यक्रमका अध्यक्ष राणाले कमिसनले महिला खेलाडीको हित र स्वार्थका लागि आवाज उठाउने बताउनु भयो । उहाँले महिला खेलाडीप्रति हुन सक्ने यौन दुव्र्यवहारबारे जनचेतना जगाउने काम पनि हुने बताउनु भयो । यस्तै कमिसनले छाउ प्रथाबारे पनि चेतनामूलक कार्यक्रम गर्नेछ ।
काठमाडौँ। माननीय जीवन राम श्रेष्ठद्वारा नार्गाजुन नगरपालिका वडा न. ५ छोकडोल सितापाईलामा मुनाफा रहित सामुदायिक शिक्षण संस्था श्रृजना कलेज अफ फाइन आर्ट भवन निर्माणका लागि जगकोे शिलान्यास गर्नु भएको छ ।

साढे दुई रोपनीक्षेत्रफलमा निर्माण हुनलागेको भबनको कुल लागत पाँच करोड पचास लाख रहेको छ। यस भबन निर्माणको लागि काठमाडौं महानगर पालिकाबाट र यु जि सि बाट सहयोग प्राप्त भएको र नपुग रकम सघिय र प्रदेश सरकार सग सहयोगको अपेक्षा गरेको कलेज संचालक ले बताउनुभयो। माननीय श्रेष्ठले आर्त बिधामा गैर नाफामुलक समुदायबाट सन्चालन गरिएको एकमात्र कलेज भएको र राष्ट्रलाई चिनाउने संस्कृति सम्पदा र इतिहास लाई संरक्षण गर्दै जिबन्त राख्ने कला भएको हुँदा यसको बिकास र बिस्तार गर्न अति आबश्यक भएको र राष्ट्रको सम्बृद्धि को चिनारी पनि भएको हुँदा सरकारले यस्तो बिधाको बिकासमा थ्यान दिनु पर्ने बताउनु भयो।
बर्तमान सरकार सम्बृद्धि को लक्ष्य लिएर अगाडि बढेको हुंदा सरकारको तर्फबाट सहयोग हुनेमा बिश्वास ब्यक्त गर्नु ।का साथै कलेज भबनको निर्माण कार्य समयमा सम्पन्न गर्न आफ्नो तर्फबाट पुर्ण सहयोग गर्ने बताउनुभयो।
उक्त कार्यक्रममा नार्गाजुन नगरपालिकाका उपमेयर सुशिला अधिकारी, ना.न पा. वडा न. ५ का अध्यक्ष महेश रिमाल, कलेज संचालक समितिका अध्यक्ष मनमोहन श्रेष्ठ लगायत संचालकसमितिका पदाधिकारी रस्थानीय जनसमुदायको उपस्थिती रहेको थियो ।
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संस्कृति र परम्पराको जगेर्ना गर्ने कुरामा काठमाडौँ महानगरपालिका दत्तचित्त भएर लागेको बताउनु भएको छ ।
उहाँले सम्पदा संरक्षणलाई महानगरपालिकाले प्राथमिकतामा राखेर निर्माण–पुर्ननिर्माणको अभियान अघि बढाएको पनि बताउनु भयो । आज वडा २५ श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘क्वाःपा, द्योःछेँ, बहाल, बही, सत्तल जस्ता सांस्कृतिक सम्पदाको निर्माण–पुर्ननिर्माणको अभियानलाई महानगरपालिकाले प्राथमिकतामा राखेर अघि बढाएको छ,’ उहाँले भन्नुभयो, ‘गुठी परम्परालाई जीवन्त बनाइराख्न पनि काठमाडौँ महानगरपालिकाले आवश्यक लगानी गर्दै आएको छ ।’
उहाँले सम्पदा निर्माण गर्दा जनसमुदायको पनि अपनत्व हुने गरी काम आग्रह समेत गर्नुभयो । ‘तपाईँहरु सम्पदा निर्माण–पुर्ननिर्माणको योजना लिएर आउनुहोस् बजेट अभाव हुन दिन्न,’ उहाँले भन्नुभयो, ‘सम्पदा निर्माण एक जनाको मात्र पहलमा सम्भव हुँदैन । सबैको सहयोग आवश्यक रहने भएकाले महानगरपालिका भित्रका सम्पदा निर्माणमा सबैको हातेमालो आवश्यक छ ।’ शाक्यले कार्यक्रममा सम्वोधन गर्दै कामपाले विभिन्न थेरवादी तथा वज्रयानी विहारहरू निर्माण गर्न आवश्यक सहयोग पु¥याउँदै आएको स्मरण समेत गराउनुभयो ।
काठमाडौं नगर भित्र अवस्थित बुद्ध विहारको मुल भवन, लुम्बिनीको वज्रयान महाविहार, जनबहाल (सेतो मत्स्येन्द्रनाथ)को दिगीछेँ, स्वयम्भूस्थित भजनघरसँगैको विहार, स्वयम्भूस्थित आनन्दकुटी विहार, किम्डोलस्थित आनन्दभुवन विहार, वानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र निर्माण गर्न सहयोग गरिरहेको जानकारी समेत दिनुभयो । ‘मानव निर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक सहर हो ।
काठमाडौँ महानगरलाई मुर्त–अमुर्त सम्पदाले सुन्दर बनाएको छ,’ शाक्यले भन्नुभयो, ‘सहरभित्रका सम्पदालाई काठमाडौंबाहिरका सम्पदासँग जोडेर पर्यटन क्षेत्रको विकास गर्ने र यसबाट स्थानीयको आयमा समेत वृद्धि गर्ने योजना अनुसार केही दिन अघि मात्रै हामीले लुम्बिनी प्रदेशको रामग्राम नगरसँग भगिनी सम्बन्ध स्थापना गरेका छौं । यसै गरी भगवान वुद्धको मावली घर भएको पण्डितपुरमा कोलिय शान्ति पार्क निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेका छौं ।’ सम्पदा क्षेत्रको व्यवस्थापनमा गरिएको त्यो लगानीले पर्यटन उद्योगमार्फत राष्ट्रिय समृद्धिमा टेवा पुग्ने अपेक्षा लिएको पनि बताउनुभयो ।
‘स्थानीयलाई राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा पहिचान गराउन हामीले लुम्बिनीमा नेपाली बिहार निर्माण गर्न ४ करोड २० लाख सहयोग गरेका छौं,’ उहाँले भन्नुभयो, ‘कामठाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र हरियाली विकास गर्न नगर–नगर साझेदारी कार्यक्रम अन्र्तरगत काठमाडौंका सबै नगरसहित मध्यपुर थिमीमा शंखधर पार्क निर्माणका लागि पनि सहयोग गरेको छ ।’ विहारको विस्तारित भवनको लागत ४ करोड २८ लाख रुपैयाँ हो
। त्यसमध्ये पहिलो चरणमा करीब १ करोड लागतका काम हुनेछ । विस्तारित भवन निर्माण उपभोक्ता समितिका संयोृजक अभयरत्न कंसाकारले भन्नुभयो — ‘पहिलो चरणमा लाग्ने कुल ९९ लाख ९९ हजार १६५ रुपैयाँको १५ प्रतिशत अर्थात् १४ लाख ९९ हजार ८७४ रुपैयाँ उपभोक्ता समितिले व्यहोर्नेछ । बाँकी ८५ प्रतिशत अर्थात् ८४ लाख ९९ हजार २९० रुपैयाँ महानगरको सहयोग हुनेछ ।’
काठमाडौँ। आज २४ वडामा नेपाल रक्तदाता समाज २४ वडा नगर समिति गठन भएको छ।
उक्त सस्थाका केन्द्रिया अध्यक्ष प्रेम सागर कर्माचार्यबाट सुरेश शिलाकरको अध्यक्षतामा १३ जनाको कार्य समिति गठन गरेको हो।
उक्त कार्यक्रममा नेपाल रक्तदाता समाज २० वडा अध्यक्ष राम रंजित तथा सचिव राजेश मानन्धरको उपस्थिति रहेको छ।

काठमाडौँ । अभिनेता कृष्ण मल्ल र नाट्यकर्मी अभिनेता मदनदास श्रेष्ठलाई २०७५ सालको हरिततारा चलचित्र पुरस्कार प्रदान गरिने भएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शमसेर जबराको अध्यक्षतामा गत बुधबार बसेको बैठकले २०७६ सालको हरितारा चलचित्र पुरस्कार गीतकार सहदेव ढुंगानालाई अर्पण गर्ने पनि निर्णय गरेको छ ।

वि.सं. २०७५ सालको पुरस्कार ४ दशक भन्दा बढी समय देखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृती, रंगमञ्च, रेडियो नाटक एवं नेपालको गौरव देश विदेशमा पुर्याउन महत्वपुर्ण योगदान गरेकाले अभिनेता कृष्ण मल्ल र अभिनेता मदनदाश श्रेष्ठलाई अर्पण गर्न लागिएको हो ।
त्यस्तै, ०७६ सालको हरितारा चलचित्र पुरस्कार ४ दशक भन्दा बढी समयदेखि गीत रचनाको माध्यमबाट नेपाली कला संस्कृती एवं गीत संगीत र चलचित्र क्षेत्रको उत्थानका लागि देश विदेशमा पुर्याएको योगदानका लागि गीतकार सहदेव ढुंगानालाई अर्पण गर्न लागिएको हो । यो पुरस्कारको राशी जनही २५ हजार रहेको छ ।
त्यस्तै, मंसिर १८ गते बसेको परिवर्तन नेपालको बैठकले वि.सं २०७६ सालको दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सञ्चारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरेको छ । दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कारको थैली जनही दश/दश हजार रहेको छ । परिवर्तन नेपालको सोही बैठकले परिवर्तन सम्मान २०७६ बाट नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका सचिव मोहन पन्त, निर्देशक/अभिनेता विश्वदीप घिमिरे र निर्देशक/अभिनेता, संचारकर्मी माधवराज खरेललाई सम्मानित गर्ने पनि निर्णय गरेको छ ।
काठमाडौं । काठमाडौं महानगरको स्थानीय पाठ्यपुस्तक तयार, अब १ देखि ८ सम्म १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन !
काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ । महानगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक उक्त पाठ्यपुस्तक पठनपाठन अघि बढाएको हो ।
नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाले सोही व्यवस्था अन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो ।
महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै संस्थागत र सामूदायिक विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म उक्त पठन–पाठन प्रक्रिया अघि बढाएको जानकारी दिएको छ । ‘काठमाडौँ महानगरपालिकाको ५१ आँै कार्यपालिका बैठकले यही चालु क्षैक्षिक शत्रबाटै पठन–पाठन सुरु गर्ने निर्णय गरिसकेको छ,’ काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका अधिकृत मोती खनालले भन्नुभयो, ‘हामीले गत वैशाख–जेठबाटै तयारी गरेका हौँ । तर, कोभिड र त्यसको असरले उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायतका काममा केही ढिलाई भएको छ
। यद्यपि, हामीले काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको एफएम र विभिन्न माध्ययममार्फत पठन–पाठन अघि बढाएका छौँ,’ उहाँले भन्नुभयो । उहाँले काठमाडौँ महानगरपालिका भित्र ९२ वटा सामूदायिक विद्यालय मध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरुका लागि रहेको र संस्थागत विद्यालयको संख्या करीब ६ सय ४० रहेको भन्दै यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन हुने जानकारी दिनुभयो ।
‘काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय बारे परिचित गराउने उद्देश्यले यो विषयको पठन–पाठन सुरु गरेका हौँ,’ उहाँले भन्नुभयो । काठमाडौं महानगर ऐतिहासिककालदेखि नेपालभाषाभाषीहरूको बसोवास रहँदै आएको स्थान भएका कारणले महानगरपालिकाले यो पाठ्यपुस्तक पनि नेपालभाषामै तयार गरेको जानकारी पनि दिएको छ ।
काठमाडौं महानगरको परिचय दिँदा प्रयोग गरिने धेरै शब्दहरू नेपालभाषाकै हुने र यहाँको स्थानीय भाषामै पठनपाठन हुँदा नगरलाई अझ नजिकबाट बुझ्न सकिने भएकोले यो पाठ्यपुस्तक नेपालभाषामा तयार गरिएको हो । पाठ्यपुस्तक र पाठ्यक्रम लेखनमा शुरुदेखि सहभागी हुँदै आउनुभएका वरिष्ठ संस्कृतिविद् डा. चुन्दा वज्राचार्यका अनुसार पाठ्यपुस्तक नेपालभाषामा लेखिएको भए पनि यो भाषा सिकाउने पुस्तक नभएको जानकारी दिनुभयो । पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदि सम्बन्धी पाठहरू मात्र समावेश गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
‘पाठ्यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन्,’ उहाँले भन्नुभयो, ‘बालबालिकालाई नेवार भाषा लाद्ने गरी होइन, परम्परागत ज्ञानसीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको छ यो पुस्तकको अध्ययनले काठमाडौं महानगरलाई नजिकै रहेर हार्दिकतापूर्वक बुझ्न सकिन्छ । यसको उद्देश्य पनि यही नै हो ।’ बज्राचार्यले बालबालिकालाई सिक्न सजिलो होस भन्ने उदेश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन हुने जानकारी दिनुभयो । ‘कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ,’ उहाँले भन्नुभयो, ‘कक्षा ६,७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरेका छौँ ।’
काठमाडौं महानगरपालिकाको सातौं नगरसभाले स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय महत्वका विषयहरू बारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरिसकेको छ । ‘यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्दहरू अरु भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन विद्यार्थीहरूले त्यसलाई आत्मसात समेत गर्न सकुन भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमण सहित स्थानीय भाषामै पढाउने तयारी भएको छ,’ डा. वज्राचार्यले भन्नुभयो ।
काठमाडौं महानगरपालिकाले हाल कक्षा १ को लागि पाठ्यपुस्तक तयार गरिसकेको छ भने कक्षा २ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तकहरू डिजायनमा गइसकेको छ । पूर्ण रूपमा रंगीन ८० पृष्ठ रहेको यो पुस्तक नेपालभाषा नजान्नेहरूले पनि सजिलै बुझ्न सकिने शैलीमा लेखिएको छ । पुस्तकमा नेपालभाषाका शब्द र पदावलीहरूको अर्थ नेपाली भाषामै लेखिएको छ । नयाँ संविधानमा व्यवस्था गरिए अनुरुप मुलुकको कुनै पनि स्थानीय तहले स्थानीय भाषामै स्थानीय पाठ्यपुस्तक तयार गरेको यो नै पहिलो हो । यसले विद्यार्थीहरूलाई सानै उमेरदेखि मुलुकको ढुंगा माटोसँग परिचित गराई भोलि मुलुकको लागि आवश्यक जनशक्ति तयार गर्न समेत टेवा दिने विश्वास महानगरपालिकाले लिएको छ ।
काठमाडौँ। विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटी अन्तर्गत ‘स्पोर्टस अफ अल’ कमिसन आज शुक्रबार गठन गरिएको छ ।
कमिटी अन्तर्गत रहने कमिसनमध्ये सबैभन्दा सक्रिय रहदै आएको यस कमिसनले अबको वर्षमा खेलकुदबारे जनचेतना ल्याउन विविध कार्यक्रम पनि गर्ने भएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कमिसन गठनको कार्यक्रममा शुभकामना व्यक्त गर्दै यस संस्थाले आम नेपालीमा खेलकुदको महत्त्व र आवश्यकताबारे बुझाउन सफल हुने कामना गर्नु भयो ।
उहाले भन्नु भयो, ‘खेलकुद खेलाडीसंग मात्र जोडिनु हुन्न, यो सबैको जीवनको एक भाग हुनु पर्छ ।’ कमिसन अध्यक्ष श्रेष्ठले भने आउने वर्षमा खेलकुदबारे जन चेतना बढाउन धेरै भन्दा धेरै कार्यक्रम गर्ने बताउनु भयो । उहा“ले थप्नु भयो, ‘खेलकुद सबै बर्गलाई चाहिन्छ । खेलकुद प्रतियोगिता र पदक जित्ने भावनामा मात्र सीमित छैन् । यो स्वास्थ्य क्षेत्रस“ग पनि सम्बन्धित छ । कुनै न कुनै खेलमा सहभागी भएर स्वास्थ्य लाभ गर्न सकिन्छ ।’ यसअघिको ‘स्पोर्टस अफ अल’ कमिसन पनि श्रेष्ठकै अध्यक्षतामा रहेको थियो ।
यसले प्रत्येक वर्ष जुन २३ मा ओलम्पिक डे मनाउदै आएको छ । यसपल्ट पनि यो दिनलाई अझ प्रभावकारी तरीकाले बनाउने कमिसनले कार्यक्रम बनाउने भएको छ । नया कमिसनको कार्यसमिति ११ सदस्यीय रहेको छ ।